प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोपको उद्घाटन
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २४ चैत्र २०७८  
  
                        
                            काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड विरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् ।
रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ ।
बालबालिकालाई शुक्रबारदेखि खाेप दिइदैछ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।
 नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।
                        
                     
                    
                  
                            