आजदेखि राष्ट्रिय कृषि गणना सुरु

  डेटूडे खबर डेस्क
  ०६ वैशाख २०७९

                            

जनकपुरधाम । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदै छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ । 

विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ को जनगणना गर्दा ६८ लाख घरपरिवारसँग खेतीयोग्य जमिन छ कि छैन र पशुपन्छी पालिन्छ कि पालिँदैन भनी दुईवटा प्रश्न सोधिएको थियो । तीमध्ये ४१ लाख घरपरिवारले खेतीयोग्य जग्गाजमिन रहेको र पशुपन्छी पनि पालन गरेको भनी जवाफ दिएका थिए । ती ४१ लाखमध्ये ‘सेम्प्लिङ’ गरी तीन लाख घरपरिवारसँग कृषि गणना गर्न लागिएको उपमहानिर्देशक रेग्मीले बताउनुभयो ।

कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन हजार सुपरिवेक्षक खटाइएको छ। उहाँहरू आ–आफ्नो कार्यक्षेत्रमा पुगिसकेको उहाँले बताउनुभयो । प्रत्येक १०/१० वर्षमा गरिने कृषि गणना यसअघि २०६८ मा गरिएको थियो । सबै जिल्लामा गरिएको कृषि गणना दुई चरणमा भएको थियो । त्यतिबेला ३८ लाख ३१ हजार ९३ कृषक घरपरिवार र ती परिवारसँग २५ लाख २५ हजार ६३९.२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको नतिजा निकालेको थियो ।

२०६८ को कृषि गणनाअनुसार एक लाख १६ हजारसँग आफ्नै जमिन छैन भने ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको उल्लेख छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट