सर्लाहीमा पनि १जना युवकले गरे आत्मदाहको प्रयास

  डेटूडे खबर डेस्क
  २६ आषाढ़ २०८३

                            

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा एकजनायुवकले आज आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिका १० का ४२ वर्षीय विवेक मण्डलले  पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।

करिब दिउँसो २ः३० बजेतिर उनले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए। घरको करिब २०० मिटर पूर्वमा उनले आफूलाई आगो लगाएका हुन्। घटनाको केही समयमै स्थानीयसहित प्रहरीले उद्धार गरी उनलाई मलंगवा अस्पताल लगिएको थियो।त्यहाँ सामान्य उपचारपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याउने तयारी भइरहेको डीएसपी गौतमले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट