संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

  डेटूडे खबर डेस्क
  २२ आषाढ़ २०८३

                            

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सोमवार(आज)बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शुन्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण बन्न सरकारलाई निर्देशन दिएका हुन्। 

सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिएका छन्।

मनसुनजन्य जोखिमको समय नजिकिएसँगै हुनसक्ने क्षति न्युनिकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा सभामुखले जोड दिएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट