पौडेलविरुद्ध ६ दिन म्याद थप

  डेटूडे खबर डेस्क
  १८ आषाढ़ २०८३

                            

काठमाडौँ ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । 

सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो।

पूर्व अर्थमन्त्री रहेका उनलाई सम्पत्ति शुद्धीकरण विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनको सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट