रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए
डेटूडे खबर डेस्क
१७ आषाढ़ २०८३
काठमाण्डाैँ । ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले बुधबार (आज) सपथ ग्रहण गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ ग्रहण गराएका हुन् । शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र समेत वितरण गरेका छन् ।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७ देखि १२ गतेसम्म चितवनमा चलेको थियो । महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
