परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

  डेटूडे खबर डेस्क
  १७ आषाढ़ २०८३

                            

काठमाडौँ । बागमती विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गत सञ्चालित तीन वटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । 

परीक्षा सम्पन्न भएको सातौँ दिनमा हिजो तीन वटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।  

विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन शुरु गरेकोमा तीन वटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो । 

प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन सङ्काय (म्यानेजमेन्ट एन्ड ल)मा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) सङ्कायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट