छ हजार दुई सय रुपैयाँले बढ्यो सुनको भाउ
डेटूडे खबर डेस्क
१८ आषाढ़ २०८३
काठमाण्डौँ । आज सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
