सार्वजनिक यातायातको भाडा २ प्रतिशते घट्यो
डेटूडे खबर डेस्क
१८ आषाढ़ २०८३
काठमाडौँ । सार्वजनिक यातायातको भाडा घटेको छ । इन्धनको मूल्यमा गिरावट आएपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको छ ।
विभागले जारी गरेको सूचना अनुसार डिजेलको मूल्य औसतमा प्रतिलिटर ४३ रुपैयाँले घटेको छ । यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ थियो । हाल घटेर डिजेलको औसत बजार मूल्य १९२.८३ रुपैयाँ पुगेको छ ।
