एमालेका पूर्वसांसद कोइरी पक्राउ
डेटूडे खबर डेस्क
१८ आषाढ़ २०८३
जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महोत्तरीको गौशालाबाट पक्राउ गरिएको हाे ।
उच्च अदालत जनकपुरले बुधवार हत्यामा पाँच वर्ष कैद सजाय सुनाइएका कोइरीलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्ट्याइदिएको हो।
