राहदानी विभाग अगाडि १ व्यक्तिले गरे आत्मदाहकाे प्रयास

  डेटूडे खबर डेस्क
  २५ आषाढ़ २०८३

                            

काठमाडौँ । राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।

बिहीबार त्रिपुरेश्वरको राहदानी विभागको ३ नम्बर गेट अगाडि गणेशले आत्मदाहको प्रयास गरेका हुन् ।

 प्रहरीका अनुसार ती व्यक्तिले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खनाएर आगो लगाएका छन् । उनलाई उद्धार गरेर उपचारका लागि वीर अस्पताल लगिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट