प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच भेटवार्ता

  डेटूडे खबर डेस्क
  २३ आषाढ़ २०८३

                            

काठमाण्डाैँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता भएकाे छ ।

​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।

​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे।

​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।

अहिले नेपालमा एडीबीकाे झन्डै ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो रहेको छ भने ३१ वटा परियोजना सञ्चालनमा छन् ।

नेपाल एडीबीको संस्थापक सदस्य हो र सन् १९६८ देखि एडीबीको विकास सहयोग प्राप्त गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट