एसइई मौका परीक्षा नतिजा प्रकाशित
डेटूडे खबर डेस्क
२३ आषाढ़ २०८३
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा(एसइई)को ग्रेडवृद्धि(पूरक) अर्था्त मौका परीक्षा सञ्चालन भएकाे १४ दिनमै प्रकाशित भएको छ। बोर्डले आज प्रकाशित गरेको परीक्षफलअनुसार १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको ६४.६९ प्रतिशत हो।
असार १ गतेदेखि ९ गतेसम्म पुरक परीक्षा सञ्चालन भएको थियो। यसअघि एसइई नतिजा एक महिना अर्थात वैशाख महिनामै प्रकाशित भएकाे थियाे। पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।
जसअनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको कार्यालयको वेबसाइटमामा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने बोर्डले जनाएको छ। पुनर्योगका लागि आवेदन गर्न २०८३ साल असार २५ गतेदेखि २०८३ साल असार ३१ गतेसम्मको समय निर्धारण गरिएको छ।
