सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

  डेटूडे खबर डेस्क
  २४ आषाढ़ २०८३

                            
काठमाडौँ  । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ ।
 
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले शुभारम्भ गरेकाे उक्त सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र स्थापित कानुनले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरशः पालना गर्दै सरकारले कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको हो ।
 
सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवतजावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताएछन् ।
 
सिंहदरबारका अधिकांश कार्यालय अपाङ्गमैत्री बनिसकेको र बाँकी चाँडै संरचना बन्ने जानकारी दिँदै उनले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नुपरेको कठिनाइलाई अन्त्य गर्दै लगिने जानकारी दिए।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट