रौतहट : जग्गा विषयमा विवाद हुँदा १ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २४ आषाढ़ २०८३

                            

रौतहट । रौतहटको ईशनाथ नगरपालिका औरैयामा जग्गाको विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएकाे छ ।

हिजो बेलुका विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा बुटन साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते भएका बुटनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएकाे हाे।

 प्रहरीले २ जनालाई पक्राउ गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट