मुलुकमा सुशासन कायम गर्न सरकार निरन्तर प्रतिवद्ध छ : प्रवक्ता पोखरेल
डेटूडे खबर डेस्क
२५ आषाढ़ २०८३
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले मुलुकमा सुशासन कायम गर्न निरन्तर प्रतिवद्ध रहेको जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठन भएको एक सय दिनमा भएका प्रमुख कार्य, उपलब्धि र प्रारम्भिक परिणामको सारांश प्रस्तुत गर्दै उनले यस अवधिमा भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यतामा आधारित नियुक्ति तथा ‘डिजिटल’ सेवा प्रवाहमा ठोस परिणाम हासिल भएको जानकारी दिएका छन् ।
उहाँले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्रिपरिषद्को पहिलो बैठकबाट शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गरिएको बताउँदै प्रत्येक कार्यसूचीको समयसीमा, जिम्मेवार निकाय र कार्यसम्पादन सूचक निर्धारण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियमित अनुगमन, समन्वय र सहजीकरण भइरहेको जानकारी दिए ।
