ऋतुहरुको राजा वसन्त

  डेटूडे खबर डेस्क
  ०७ वैशाख २०७९

                            

वसन्त भन्नाले बहार, सुन्दर, मनमोहक, अदभूत दृश्य भन्ने बुझिन्छ । वर्षको दुई महिना चैत्र र बैशाख जुन वसन्त ऋतु भित्र पर्दछ ।

यो ऋतुको आफ्नै र खास महत्व छन् !

'वसन्त' अर्थात नाम जस्तै हरियाली, सुन्दर वातावरण, मनमोहक दृश्य भन्ने बुझिन्छ । 

६ वटा ऋतु वसन्त, ग्रीष्म, वर्षा, शरद, शिशिर र हेमन्त मध्ये वसन्त ऋतुको आफ्नै खास विशेषता रहेका छन् ।

ऋतुहरुमध्ये सबभन्दा राम्रो, रमणीय, वातावरणलाई सुगन्धले भरिएको ऋतु वसन्त ऋतु नै हो ।

नाङ्गा डाँडा चारैतिर हरियाली हुनु, रुखमा नयाँ पालुवा आउँनु, बगैँचामा हजारौँ नयाँ फूल फूल्नु, मञ्जरी, कलिला मुना पालुवा खाँदै कोइली उफ्रि-उफ्रि गीत गाउँनु यो सबै वसन्त ऋतुको विशेषता हुन् ।

सिरी-सिरी हावा चल्नु "न जाडो, न धैरै गर्मी, न त अतिवृष्टीको भय चारैतिर महमह वातावरण भएको जसले गर्दा वसन्तलाई ऋतुहरुको राजा समेत भन्ने गरिन्छ  ।

वसन्त ऋतुको आगमनसँगै शुभ कार्यको थाल्नी हुन्छ ।

वसन्त ऋतुसँग कोइलीको कथा समेत समेटिएको छ । वसन्त र कोइलीको आफ्नै अन्तरसम्बन्ध रहेका छन् । कोइलीको आवाज विना वसन्त ऋतु फिका हुन्छ त्यसरी नै विना वसन्तको कोइलीको जीवन दु:ख एवं पिडामय भएको हुन्छ ।

अरु ऋतुमा कोइली लुकेर बसेको हुन्छ, पिडामा बसेको हुन्छ, आहार पाउँन कठिनाइ हुन्छ, उपयुक्त वातावरण नहुनु, बडो दु:ख, बाधा, अर्चन काटेर यो वसन्त ऋतुमा प्रवेश गरेपछि कोइली खुसीले प्रफुलित हुन्छ ।

कोइली आफ्नो लागि प्राप्त आहार पाउँनुसँगै सुन्दर बगैँचा, नयाँ पलाएका पाँतहरुमा नाँच्न, उफ्रिन पाउँदा बडो आन्नदित हुँदै मधुरो सुरमा गीत चारैतिर गाइरहेको

हुन्छ ।

अस्ति अस्ति एउटा पात नभएको रुख, हाङ्गाहरु अहिले त्यहि रुख हाङ्गाहरु हराभरा देखिदा मन खुसीले आन्नदित हुन्छ । वास्तवमा यो प्रकृति बडो प्यारो मनमोहक रहेको छ ।

प्रकृतिको काखमा रमाउँनुको आन्नद नै बेग्लै छन् !

बाहिर निस्किदा आँप, लिची, फुलको वासनाले वातावरणलाई जुन प्रकारले मह-मह पारेको हुन्छ त्यसको आन्नद नै बेग्लै हुन्छ जुन लेखेर वर्णन गर्न सकिदैन् ।

अनेक प्रकारको बाधा अर्चन सहेर जसरी कोइली आसा नहारिकन वसन्त ऋतुको पर्खाइमा हुन्छ त्यसरी नै हाम्रो मानव जीवनमा पनि अनेक प्रकारको आरोह अवरोह आउँने गर्दछन् र त्यो आरोह अवरोह हामिलाई धैर्यताका साथ पार गर्नुपर्दछ र वसन्त ऋतु जस्तै खुसीका दिनमा कोइली जस्तै रमाउँनु पर्दछ ।

प्रकृतिले मौसममा परिवर्तन गरेर सुन्दर र मनोहारी वसन्त ल्याए जस्तै हामी पनि हाम्रा मन मस्तिष्कमा रहेका खराब विचार त्यागेर समस्त प्राणीहरुमा आपसी सद्भाव र मित्रता प्रदान गर्दै वसन्त बहार बाँड्न सकौँ भन्दै नयाँ वर्षको यहाँहरुमा हार्दिक शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट