कर्नाटकमा बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १० पौष २०८२

                            

एजेन्सी । 

भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा एक सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छन्  भने २४ जना घाइते भएका छन् । भारतको नेसनल हाइवे ४८ मा बस दुर्घटना भएको हो ।

चित्रदुर्गका डीसीले बीबीसी हिन्दीसँग भने, “यो दुर्घटना बुधबार राति करिब २ बजे भएको हो । यसमा बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किँदा बसमा आगो लाग्यो ।

उनले अगाडि भने, “यो स्लिपर कोच बस थियो, जसमा ३२ यात्रु सवार थिए । अहिलेसम्म हामीले ११ शवको पहिचान गरेका छौँ र सबै घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट