नेता निधिले जनाए सत्ता गठबन्धनबीच भएको भागबण्डाप्रति असन्तुष्टि
डेटूडे खबर समाचारदाता
०७ वैशाख २०७९
७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्ता गठबन्धनबीच भएको भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् ।
निधिले पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत तालमेलको निर्णय भएको बताएका छन् ।
‘यो निर्णयले पार्टीलाई कमजोर बनाउँछ । कार्यकर्ताको भावना सम्बोधन गर्दैन’, निधिले भने । गठबन्धनको निर्णय पार्टी निर्णय विपरीत भएको उनले बताए ।
‘यो तालमेल आत्माघाती हो । यसले पार्टी कमजोर बनाउँछ’, निधिले भने ।