विभिन्न पदमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी
                  
                            
                             डेटूडे खबर समाचारदाता  
                            
                             
                              १२ वैशाख २०७९  
  
                        
                            १२ वैशाख, काठमाडौं । स्थानीय तहको विभिन्न पदमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ ।
 देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार साँझ साढे ८ बजेसम्मको तथ्यांक अनुसार ७५३ तहका विभिन्न पदका लागि ५ हजार ८९५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो ।
 महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको प्रमुखमा ८५८ र उपप्रमुखमा २७७ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
गाउँपालिका अध्यक्षमा ७२० र उपाध्यक्षमा २५४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
 वडा अध्यक्षमा ३ हजार ७८६ जनाको उम्मोदवारी परेको छ । वडा सदस्यमा भने स्वतन्त्र उम्मेदवारी परेको छैन् ।
निर्वाचन आयोगको राति ८:४५ बजेसम्मको तथ्यांक अनुसार दलगत र स्वतन्त्र गरी साढे ८ बजेसम्म कूल ८४ हजार ४८३ जनाको मनोनयन दर्ता भएको छ ।
 
 
                        
                     
                    
                  
                            