जनकपुरको ताजा अपडेट : स्वतन्त्र उम्मेदवार मनोज साह अगाडि

डेटूडे खबर डेस्क
०२ जेठ २०७९
जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साह ( घण्टाघर) अग्रता बढाउँदै लगेको छ ।
पछिल्लो मतगणना परिणाम अनुसार उनी आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका शिवशंकर साह हिरा (सूर्य छाप) भन्दा १५८७ मतले अगाडि छ ।
यस्तो छ पछिल्लो मतपरिणाम–
मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) -२६३६
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – १०४९
बलराम महतो (आँप छाप) ६६२