प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

  डेटूडे खबर डेस्क
  २५ जेठ २०८३

                            

काठमाडौँ- विपक्षी दलको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

बैठक पुन: सुचारु गर्ने सम्बन्धमा दलहरुबीच सहमति हुन नसकेपछि सचिवालयले सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमाको विषयमा प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्तिप्रति  आपत्ती जनाउँदै विपक्षी दलहरुले विरोध गर्दै आएका छन ।

आजको बैठकमा प्रतिपक्षी दलका केही सांसदहरुले करको दर हेरफेर भएको भन्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेमाथि पनि छानवीन हुनुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट