६९ अर्ब ३८ करोड बजेट स्वास्थ्य तर्फ
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १५ जेठ २०७९  
  
                        
                            जनकपुरधाम । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ ।
आव २०७८/७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो ।
                        
                     
                    
                  
                            