कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
डेटूडे खबर डेस्क
१५ जेठ २०७९
जनकपुरधाम । सरकारले राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले तलब बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढेको घोषणा गरेका हुन् ।