जनकपुर चुरोट कारखाना पुन: सञ्चालनमा आउने
डेटूडे खबर डेस्क
१५ जेठ २०७९
जनकपुरधाम । सरकारले आगामी वर्ष देखी बन्द भएको जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग पुन: संचालनमा ल्याउँने अर्थमन्त्री जनार्दन शर्माले बताउँनुभएको छ ।
सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गर्नुभएको छ ।
बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।