चोरी गरेको सरसमानसहित युवक पक्राउ

डेटूडे खबर डेस्क
१७ जेठ २०७९
जनकपुरधाम। जनकपुरमा ताल्चा फोडेर राति घरमा चोरी गरेको सरसमानसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बस्ने २० वर्षीय मो. नियामत दर्जी रहेका छन् ।
गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकाहरुको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप छ ।
उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेको छ ।
चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याव १ थान, एमआई कम्पनीको मोबाईल १ थान, नगद ५ हजार र सुनको गरगहनाहरु चोरी भएको थियो ।
दर्जीले चोरीको सरसमान स्थानीय कलवार कुटी अगाडी चौरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरको हो ।
दर्जीलाई नियनत्रणमा लिई चोरी शीर्षक मुद्दामा म्याद गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।