तारा एअरकाे विमान दुर्घटना : मृतकका शव परिवारको जिम्मम लगाइयो

  डेटूडे खबर डेस्क
  १९ जेठ २०७९

                            

तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । 

विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि आज बिहीवार परिवारलाई बुझाइएकाे हाे । हिजाे बुधवार राति पोस्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज दिउँसाे मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।

गएकाे आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेकाे मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । विमानमा चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक र दुई जना जर्मन नागरिकको ज्यान गएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट