स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

डेटूडे खबर डेस्क
२३ जेठ २०७९
जनकपुरधाम । स्रोत नखुलेको साढे ७ लाख रुपैयाँ रकम सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्री सितामढी जिल्लाको सोनवर्षा ग्राम – २ का ४० वर्षिय विश्वनाथ महतो रहेको रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार दिउँसो साढे १ बजे ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवननगर स्थित भारतको सोनवर्षा तर्फबाट नेपालको त्रिभुवननगर तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीलाई शंकाको आधारमा चेक जाँच गर्दा साढे सात लाख रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
प्रहरीले महतोको मोटरसाइकलको तलासी लिदाँ मोटरसाईकलको सिटमुनी रहेको ब्याट्री बक्स भित्रबाट १ हजारको नोट चार लाख रुपैयाँ र पाँच सयको साढे तीन लाख रुपैयाँगरि साढे सात लाख नेपाली रुपैयाँ बरामद भएकाे छ ।
नागरिक पक्राउ सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।