७ दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न

डेटूडे खबर डेस्क
२८ जेठ २०७९
नकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१३ धत्ता टोलमा सात दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न भएको छ ।
सो वडाका करिव २० वटा महिलाहरुलाई सञ्चालन गरिएको तालिममा सहभागी गराइएको थियो ।
तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सोमनाथ जितबहादुर राउतले उज्यालो विनाको दीप र सीप विनाको मानिसको जीवन अर्थहिन भएकाले २० वटा महिला आज सीप शिकेर आफ्नो दैनिकी जीवन चलाउन सक्ने अवस्था आएको बताए ।
सामुदायीक सेवा समितिले २ चरणमा गरी समुदायका युवायुवतीको अवश्यकतालाई मध्येनजर गरी विभिन्न किसिमका सीप विकास सम्बन्धि तालिम सञ्चालन गरिरहेने संस्थाकी अध्यक्ष प्रवीणाकुमारी ठाकुरले जानकारी दिइन् ।
उनले आफूहरुले यस्ता कार्यक्रम सञ्चालन गर्दा अन्य ठाउँमा यस्तो लगनशिल व्यक्तिहरुको अभाव देखिएको र यस वडामा कार्यक्रम सञ्चालन गर्दा सात दिनमा देखिएको नतिजाले छिट्टै दोस्रो चरणको कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रशिक्षिका आशा साहले प्रशिक्षण प्रदान गरेकी सो तालिममा तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा जनकपुरधाम उप–महानगरपालिकाका सामाजिक शाखा प्रमुख सुनिल झाले तालिमवाट प्राप्त भएको सीप व्यवहारमा लागु गर्न आग्रह गर्दै आगामी दिनमा उप–महानगरवाट यस्ता तालिम सञ्चालन गर्न आफू प्रयासरत्त रहने बताएका थिए ।
उनले आफूले यहाँ देखेको तालिमवाट अत्यन्तै खुशी रहेको बताउँदै आगामी दिनमा जनकपुरधामको बजेटमा पनि यस्ता प्रकारका कार्यक्रमलाई समाहित गर्न प्रयास गर्ने बताए । सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत वितरण गरिएको थियो ।