सेफ नेपालका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

  डेटूडे खबर डेस्क
  ३० जेठ २०७९

                            

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सेफ नेपाल नामक संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार २४० रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट