समयमै काम नगर्ने २१ वटा कम्पनी कालोसूचीमा

  डेटूडे खबर डेस्क
  ०२ आषाढ़ २०७९

                            

सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुमगन कार्यालयले असार १ गते निर्णय गरी कम्पनीहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार तथा आपूर्तिकर्ता एकदेखि दुई वर्षसम्म कालोसूचीमा परेका हुन् । कालोसूचीमा पर्ने कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा पर्ने कम्पनीमा श्री पी यू कन्स्ट्रक्सन, श्री मुक्तिनाथा रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्स, श्री प्रवृक्षा निर्माण सेवा एण्ड सप्लायर्स, सन्तुष्टि कन्स्ट्रक्सन लगायतका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट