बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

  डेटूडे खबर डेस्क
  ०२ आषाढ़ २०७९

                            

इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

बिहीबार प्राप्त भएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा लिटरको रु ६.५२, डिजेलमा १९.०३ र हवाई इन्धनमा १९.९१ रुपैयाँले बढेर आएको आयल निगमका प्रवक्ता ई. बिनित मणि उपाध्यायले बताए ।

नयाँ मूल्यअनुसार अबदेखि पेट्रोलमा प्रतिलिटर ३१.२८, डिजलमा ३६.१६, एल.पी.ग्यास (प्रति सिलिण्डर) ७५१.१४ र हवाई इन्धनमा आन्तरिकमा प्रतिलिटर २.७० रुपैयाँ घाटा रहेको प्रवक्ता उपाध्यायले बताए ।

मट्टितेल र हवाई इन्धन बाह्यमा भने निगमलाई फाइदा छ । निगमका अनुसार मट्टितेलमा प्रतिलिटर रु १७.०१ र हवाइ इन्धन बाह्यमा ४४.६३ रुपैयाँ नाफा छ ।

नयाँ मूल्यसूची अनुसार निगमलाई आगामी १५ दिनमा करिब रु ४ अर्ब ८१ करोड घाटा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट