बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

  डेटूडे खबर डेस्क
  ०२ आषाढ़ २०७९

                            

गुल्मी । गुल्मीमा कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

 जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभूत माध्यमिक विद्यालयका शिक्षक रामहरि ज्ञवालीले कक्षा तीनमा अध्ययन गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरी आधारमा बिहीबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए।

आरोपी शिक्षकलाई बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको गुल्मी प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट