भारत र साउथ अफ्रिकाको पाचौँ टि-२० खेल आज

  डेटूडे खबर डेस्क
  ०५ आषाढ़ २०७९

                            

भारत र दक्षिण अफ्रिकाबीचको पाँचौं तथा अन्तिम टी–२० खेल आज बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुँदैछ । पाँच खेलको सिरिज अहिले २–२ को बराबरीमा छ । आज टीम इन्डियासँग इतिहास रच्ने मौका छ। हालसम्म भारतीय टोलीले दक्षिण अफ्रिकालाई टी–२० सिरिजमा हराउन सकेको छैन ।

दक्षिण अफ्रिका पहिलो पटक सन् २०१५-१६ मा भारतमा टी–२० सिरिज खेल्न आएको थियो । त्यो ३ खेलको सिरिजमा भारत २–० ले पराजित भएको थियो । पछिल्लो टी–२० खेल वर्षाका कारण रद्द भएको थियो । त्यस सिरिजको कप्तान भने सिरिजमा टिमको कप्तान महेन्द्र सिंह धोनी थिए ।

यसपछि दक्षिण अफ्रिकाको टोली २०१९-२० मा टी–२० सिरिज खेल्न भारत आएको थियो । त्यस सिरिजमा भारतीय टोलीको कप्तान विराट कोहली थिए । ३ खेलको शृङ्खला १–१ को बराबरीमा रहेको थियो भने यो सिरिजमा पनि एक खेल वर्षाका कारण रद्द भएको थियो ।

अब आज पहिलो पटक टिम इन्डियाको कप्तानी गर्दै आएका ऋषभ पन्तसँग खेल जित्ने र इतिहासमा आफ्नो नाम दर्ता गर्ने सुनौलो अवसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट