चलिरहेको ट्रकमा आगलागी

डेटूडे खबर डेस्क
०६ आषाढ़ २०७९
कंचनपुर । कंचनपुरको महेन्द्रनगर बजारस्थित ४ नम्बर गल्लिको फ्रीलाइनमा आगजनी भएको छ। पार्कदेखी आँखा अस्पताल जाने सडक कालोपत्रे गर्न तयारी अवस्थामा रहेको काेलदार डिस्ट्रीब्युट्रर ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ।
चलिरहेको ट्रकमा आगो लागेपछी चालकले भागेर ज्यान जोगाएका छन।
बेलुका ८ बजेतिर लागेको आगो अहिले नियन्त्रणमा आएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो। आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ भने क्षतिको विवरण भने आउन बाकी छ।
आगो बिजुलीको तारमा सल्किएपछी अहिले महेन्द्रनगर बजार क्षेत्र बिद्धुत लाइन काटिएको छ। भिमदत्त नगरपालिकामा रहेको दमकलको सहायताले आगो नियन्त्रण गरिएको छ। कलकत्रा बनसुने क्रममा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।