मधेश प्रदेशले ल्यायो प्रदेश निजामती सेवा नियमावली
डेटूडे खबर डेस्क
०६ आषाढ़ २०७९
जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश निजामती सेवा नियमावली २०७९ राजपत्रमा प्रकाशित गरेको छ ।
मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको वृत्ति विकास एवं बढुवाको अवसरहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न तथा प्रदेश निजामती सेवामा नयाँ भर्ना प्रक्रिया अगाडी बढाउँनको निमित्त प्रदेश निजामती सेवा नियमावली ल्याएको छ भने नियमावली ल्याउँनु अगावै मधेश प्रदेशले प्रदेश निजामती सेवा ऐन २०७७ ल्याईसकेको र ऐनलाई पूर्णरुपेन कार्यान्वयन गर्नको लागि नियमावली ल्याएको हो ।
हाल सम्म अन्य कुनै पनि प्रदेशले निजामती सेवा नियमावली नल्याएको अवस्थामा मधेश प्रदेश सरकारले ठुलै कार्य गरेको यस नियमावलीबाट स्पष्ट हुन्छ ।
नियमावली ल्याएसँगै मधेश प्रदेशका कर्मचारीहरु निकै हर्षित भएको देखिन्छ ।
असार ५ गते मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत रहेका बढुवा समितिको सचिवालयले वन सेवाका प्राविधिक कर्मचारी जगन्नाथ प्रसाद जयसवाललाई प्रदेश निजामती सेवा ऐन २०७७ बमोजिम बढुवाको लागि सिफारिस गरेको छ भने यो संगै मधेश प्रदेशमा रहेका प्रदेश निजामती कर्मचारीहरु एघारौ तह देखी पाचौँ तह सम्मका कर्मचारीहरुको बढुवा एवं ऐनमा उल्लेख भए बमोजिमको भर्ना प्रक्रिया अगाडी बढ्ने भएको छ ।
प्रदेश निजामती सेवा नियमावली हेर्न यहाँ क्लिक गर्नुहोस