लागूऔषध सहित तीनजना पक्राउ

डेटूडे खबर डेस्क
०७ आषाढ़ २०७९
सिरहा। सिरहामा लागूऔषध र ४३ हजार ५ सय रूपैयाँ नगद सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-७ बस्ने १८ वर्षका गौतम ठाकुर, भारत मधुवनी जिल्ला, पञ्चायत राजनगर थाना फेरण श्रीपट्टी घर भई लहान बस्ने २१ वर्षीय मोहमद अख्तर र मधुवनीकै ग्राम पंचायत खरियोग थाना पिप्राहीका २७ वर्षीय धर्मेन्द्रकुमार ठाकुर रहेका सिरहाका प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा आइतबार मध्यरात प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीको नेतृत्त्वमा खटिएको प्रहरी टोलीले लहान-८ स्थित मोहमद अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान-१ स्थित दयाराम ठाकुरको घरमा खानतलासी गर्दा पसल र घरबाट लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।