७ दिने आधारभूत पत्रकारीता प्रशिक्षण कार्यक्रम सम्पन्न

डेटूडे खबर डेस्क
०७ आषाढ़ २०७९
जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाको भवनमा पत्रकारहरुको लागि आयोजित ७ दिने अधारभूत प्रशिक्षण सुसम्पन्न भएको छ ।नेपाल पत्रकार महसंघ केन्द्रिय समितिको आयाेजनामा तथा धनुषा शाखाको संयाेजनमा अषाढ १ गते बुधवार देखि सुरु भएको प्रशिक्षण कार्य आज मगंलवार ३४ जना प्रशिक्षार्थी पत्रकारहरुलाई प्रमाण पत्र वितरण गरेर विधिवत रुपमा सम्मपन्न गरिएको छ ।पत्रकार महासंघ धनुषाको अध्यक्ष मनिका झाको अध्यक्षतामा आयाेजीत तथा ईन्टरनेशनल अलर्ट तथा युरोपियन युनियनको सहयोगमा आधारभूत पत्रकारिता प्रशिक्षणमा पत्रकार महासंघका पूर्व केन्दीय अध्यक्ष एवं राससका अध्यक्ष धमेन्द्र झाले ७ दिने प्रशिक्षण कार्य गराएका हुन ।प्रशिक्षक झाले अहिलेको पत्रकारीतामा अध्ययन, खाेज, सत्य, तथ्य, सुद्धिकरण र विश्वसनियताको आवश्यकता अति नै आवश्यक रहेको तथा पत्रकारहरुलाई सिकेको कुरा व्यवहारमा लागु गर्न एवं आगामि दिनमा पत्रकारीता जगतमा राम्रो गर्न शुभकामना समेत दिएका हुन् ।त्यस्तै महासंघ धनुषाको अध्यक्ष मनिका झाले लगनशिल भएर काम गर्न सुझाव दिदै पत्रकारहरुलाई कुनै पनि समस्या परेमा तथा पत्रकारहरुको हकहितको लागि पत्रकार महासंघ धनुषा सधै तत्पर रहने बताइन् ।कार्यक्रमका प्रमुख अतिथि मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराई पत्रकारीतामा इमान्दारीताका साथ सत्य तथ्यको खोज गरेर जनताको माझमा सहि सूचना सम्प्रेषण गर्न समेत सुझाव दिएका हुन् ।कार्यक्रममा सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु मिश्र गायत्री, महासंघ धनुषा शाखाको पूर्व अध्यक्ष उमेश साह, केन्द्रीय कार्य समितिका कार्यक्रम संयोजक राम प्रसाद दहाल, पत्रकार श्याम सुन्दर शशी लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।