जनकपुरधाम आइपुग्यो धार्मिक पर्यटक बोकेको भारतीय रेल

डेटूडे खबर डेस्क
०९ आषाढ़ २०७९
जनकपुरधाम । धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो पौने २ बजे जनकपुरधाममा आइपुगेको हो ।
रेल आएपछि भारतीय पर्यटकलाई मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास सहितकाले स्वागत गरेका छन् । भारतबाट आएको रेल र पर्यटकलाई हेर्नका लागि रेल्वे स्टेशनमा ठूलो घुइँचो लागेको छ ।तीर्थालुहरु जय सियारामका नारा लगाएका छन् ।
रेलमा ६ सय जना धार्मिक पर्यटक छन् । धर्मिक पर्यटकको स्वागत गर्न आएका मुख्यमन्त्री लालबाबु राउतले आजको दिन महत्वपूर्ण रहेको बताए ।