नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

  डेटूडे खबर डेस्क
  १३ आषाढ़ २०७९

                            

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । सपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट