जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

  डेटूडे खबर डेस्क
  १३ आषाढ़ २०७९

                            

सप्तरी । जिपको ठक्करबाट सप्तरीमा पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट डाक्नेश्वरी–४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो ।

पैदल हिडिरहेका उनलाई गएराती  १२:४५ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी पट्टि  सार्ने क्रममा ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट रघुबिरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप र चालक ईलाका प्रहरी कार्यालय पातोको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट