मलमूत्र खुवाउने दुई महिला प्रहरी नियन्त्रणमा

डेटूडे खबर डेस्क
१४ आषाढ़ २०७९
सिरहा । सिरहा प्रहरीले एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको भन्दै दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ ठाडी टोल बस्ने ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला साह छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।