वैशाखयता विपदबाट देशभर ८७ जनाले गुमाए ज्यान

डेटूडे खबर डेस्क
१४ आषाढ़ २०७९
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर वैशाख १ गतेदेखि आज (असार १४) गतेसम्ममा विभिन्न घटनामा ८७ जनाले ज्यान गुमाएको जनाएको छ। प्राधिकरणका अनुसार पहिरोबाट १०, बाढीले ३, भीषण वर्षाले १ र चट्याङले ३० जनाको ज्यान गएको छ।
सर्प दंशबाट ४, आगलागीबाट १८, हावाहुरीबाट ८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। जनावर आतंकबाट १२ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
यी घटनामा २ सय १ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन्। १ हजार १ सय ३६ परिवार प्रभावित बनेको प्राधिकरणले जनाएको छ।