गुडिरहेको ट्रकमा आगलागी

  डेटूडे खबर डेस्क
  १४ आषाढ़ २०७९

                            

जनकपुरधाम । सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्रकको वाइरिङ सर्ट भएर आगलागी भएको पाइएको सशस्त्र प्रहरी बेस क्याम्प भारदहमा सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए । उनका अनुसार सोमबार राति १२ बजेतिर ट्रकमा आगलागी हुँदा केहि बेर राजमार्ग नै अवरुद्ध भएको थियो ।

आगोलाई नेपाल तथा सशस्त्र प्रहरी एवम् हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट