सडक नालीमा युवकको शव भेटियो

  डेटूडे खबर डेस्क
  १५ आषाढ़ २०७९

                            

विराटनगर । विराटनगरको नालीमा पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा मङ्गलबार राति विराटनगर-५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो ।

सडक किनारको नालीमा राति ११:२५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनास्थलनजिक एउटा साइकल पनि लडेको अवस्थामा फेला परेको उनले बताए । रातको समयमा साइकलमा यात्रा गर्ने क्रममा नालीमा  लडेपछि उठ्न नसकेर मण्डलको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।

शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट