बलात्कार आरोप लागेका वडाध्यक्ष पक्राउ

  डेटूडे खबर डेस्क
  १५ आषाढ़ २०७९

                            

बैतडी । बलात्कारको आरोपमा बैतडीको एक वडा अध्यक्षससिहत दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका १ का वडा अध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्। 

 एक २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।  पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पताल बैतडीमा गरिएको छ। आरोपितहरु दुबैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  पीडित महिला परिवारकै संरक्षण रहेकी छन्। 

नेगी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट