आजदेखि तिन दिन पानी पर्ने सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

  डेटूडे खबर डेस्क
  १६ आषाढ़ २०७९

                            

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले तीन दिन देशभर ठूलो पानी पर्ने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आजदेखि तीन दिन देशभर ठूलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो ।

उहाँले आउँदो तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलो पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताउनुभयो । महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट