घर भत्किँदा १ बालिकाको ज्यान गयो

डेटूडे खबर डेस्क
१६ आषाढ़ २०७९
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको ज्यान गएकोे छ ।
लगातारको वर्षापछि घर भत्किँदा हिजो बेदकोट–४ धरमपुरकी पार्वती खुनाकी चार महिने छोरी करिश्माको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पार्वती खुना ११ वर्षीय छोरा अर्जुन र चार महिने छोरी करिश्मालाई घरमै छोडेर मेलामा गएका बेला घर भत्किएको थियो ।
घर भत्किँदा घाइते भएका अर्जुनको उपचार भइरहेको छ ।