कृषि मन्त्रालयमा किसानहरुले लगाए ताला

डेटूडे खबर डेस्क
१६ आषाढ़ २०७९
जनकपुरधाम । बक्यौता रकम भुक्तानीको मांग गर्दै कृषक समूहसँग आबद्ध किसानहरुले मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको विभिन्न शाखामा तालाबन्दी गर्दै धर्नामा बसेका छन ।
बिहीवार धनुषा स्थित जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत तथा ऋण सहकारी संस्थासंग आबद्ध किसान तथा पदाधिकारीहरुले निर्माणाधिन शीत भण्डारणको रनिँग बिलको बक्यौता रकम भुक्तानीको मांग गर्दै जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष शेषनारायण यादवको अगुवाईमा तालाबन्दी गरेका हुन ।
उनीहरुले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लेखा शाखा र खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखामा तालाबन्दी गर्दै मन्त्रालय परिसरमै धर्नामा बसेका छन ।
सम्मानित अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रादेशिक संसदीय समिति र मन्त्रिपरिषदको निर्णयलाई समेत कर्मचारीहरुले बेवास्ता गरी भुक्तानी नगरेको कारण बाध्य भएर तालाबन्दी गर्दै धर्नामा बसेको लवकुश बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक ले बताए ।