जनकपुरधामबाट ब्राउन सुगरसहित २ जना पक्राउ

  डेटूडे खबर डेस्क
  १७ आषाढ़ २०७९

                            

जनकपुरधाम | ब्राउन सुगरसहित जनकपुरधामबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय मोहम्मद आरीफ हुसेन रहेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीका अनुसार उनीहरुलाई बिशेष सूचनाको आधारमा बिहिवार साँझ पक्राउ गरिएको बताए ।

उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिली ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिली ग्राम बरामद गरेको प्रवक्ता क्षेत्रीले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट